Jan 28, 2016

निद्रा लागेन
यि खुइलिएका निला भित्ताहरु
अडिक नै छन् यहाँ त
तर मेरो पुरै शरिर हल्लिरहेछ
मुटुले भुईँ खोज्दैछ
तर हल्का यसलाई पनि लागेछ,
थकान,
अनि समयले नै बिर्सिएको कालखण्डका भयानक अडियोहरु रिवाईन्डमा बज्दै छ
यो रन्किएका कानहरुमा
उल्टा आवाजहरु पनि
अर्थपुर्ण
बानि, बहाना, आड, भर… डर?
शब्दहरुले अर्थ छाड्न थाले
अर्थले मलाई
तर
यि खुइलिएका निला भित्ताहरु
अडिक नै छन् यहाँ त
किन त्यसो भए हरेक बिहान म नयाँ भित्ताहरुले घेरिएको पाउँछु,
हरेक रात नयाँ गन्द,
हरेक साँझ अनिद्राका बिजहरु
मेरा रन्किएका कानका दुलाबाट भित्र
निकै भित्र पसेर
हरिया, निला, पहेँला
….
सोचले धार छोडेछ!
धागो र सियो,
बुवाको ब्याक प्याकमा हरेक चोटि आमाले
ब्याक प्याकको चोर खल्तिमा हाल्दिनु हुन्थ्यो
या त त्यो पनि मेरो सपना कै उपज
खै,
छातिले फुक्तै छ आफ्नो बैचारिक िरक्तता
पुरानो स्वेटरलाई उधारे झैँ
अर्थहिन
कुरै कुरामा मुटुले रफ्तार फेरेको पत्तो भएन
ह्वात्त ह्वात्त यसले पनि निहुँ खोजे झैँ
हाम फाले जस्तै

भुईँ नभेटेर
यसले
ट्र्याम्पोलिन भेटे छ

No comments:

Post a Comment