Dec 9, 2011


"तिम्रो बाजेले आँखा एसो गरेर तानेर भए पनि हेर्न खोज्नु हुन्छ आजकल. पहिले पहिले त अलि अलि झिमिक झिमिक गर्दै हेर्न सक्थ्यो." हात को इसारा गरेर मोमले गीज्याउदै भन्नु भयो.

नेपाली कागतको कुना कुना छम्छम्याउदै बाजेले कित्ता नम्बर पढ्न खोज्दै हुनु हुन्थ्यो. कागतमा बक्सै बक्सा  थिए, बक्सामा अन्कै अंक. एउटा बक्सा बाहेक हरेक बक्सामा नीलो घेरा लागेको थियो. ति सबै नीला घेरा औंल्याउदै बाजे ले भन्नु भयो:

"नातिनी, यी जम्मै जग्गाहरु बिक्रि भैसके. बाकि ती एउटा मात्र जग्गा छ. हाम्रो गाऊको खोला को पारिको जंगलमा."

 ति नीला घेराहरुमा म मेरो म हुनुको अस्तित्वलाइ खोज्ने प्रयास पनि गरिरहेकी थियिन. गरेर पनि केहि फाइदा छैन. तर बाजे अडिग हुनु हुन्छ.

भन्दै हुनुहुन्थ्यो:
"यहि त हो. हामि मारेर गयौंभने पनि नाति नातिनाहरुलाई पछि यहि कागतले गर्दा धेरै मद्दत हुने छ."

खोइ यस्तै केहि मिठो नेपालीमा भन्नु भयो. अहिले ठिक्क सब्दहरु त याद भएन; तर बाजेको कामिरहेको हातहरुले कागत लाइ ओल्टाई पोल्टाई अनि दुइ तिन चोटी फोल्ड गर्नु भयो. बाजेले कागतलाइ हेर्दै हुनु हुन्थ्योकि मलाई पत्तो भने पायिन. बाजे कालो चस्माको बडो सौखिन हुनु हुन्छ. 


(हावाले युनिकोड प्रयोग गर्न आग्रह गरेको भएर र फोटोको लागि धन्यवाद) 

No comments:

Post a Comment